काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका गायिका मिना लामा र युबराज आचार्यको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। केहि दिन अगि रिलिज “बाचुन्जेल रमाईलो गर” बोलको गीतले आँखा कान दुबैलाई आनन्द दिने गर्छ।
गीतमा गायिका मिना लामा र गायक युबराज आचार्यको सुमधुर आवाज रहेको छ। प्रेमिल शब्दहरुले भरिएको गीतमा शव्द संगीत युबराज आचार्यको रहेको छ ।

त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ।
भिडियोमा मिना लामा र लोमश शर्मा फिचर्ड छन् । मौशम हिमालीको कथा र निर्देशन भिडियोमा रहेको छ।आकर्षक फ्रेममा राजेश घिमिरेले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।
उक्त गीतको भिडियो Mina Lama Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो……




