पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस भएको छ। मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो।
उनीहरूविरुद्ध ७३ करोड ४९ लाख रुपैयाँ बिगो माग गरिएको छ।
अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री मिनेन्द्र रिजाल, तत्कालीन भूमि सुधार मन्त्री डम्मर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व माधव घिमिरे पनि प्रतिवादी छन्। यहाँ उनकी छोरी कमला घिमिरेलाई प्रतिवादी बनाइएको छ।
त्यस्तै तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी, उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा, शाखा अधिकृत बलराम निरौला पनि प्रतिवादी छन्।













