सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामबाट परिचित टिकटकर तुल्सा अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।बिहीबार न्यायाधीश टेकनाथ गौतमको इजलासले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अधिकारीलाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले तुल्सा अधिकारीसहित १० जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दा कुमार चिमोरियाको जाहेरीका आधारमा अघि बढाइएको जनाइएको छ।मुद्दामा तुल्सा अधिकारी र अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी रहेका छन्। उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा अभियोग लगाइएको छ।सरकारी वकिल कार्यालयका अनुसार प्रतिवादीहरूले हुण्डीमार्फत रकम पठाउने तथा पठाउन लगाउने कार्य गरी अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत लुकाउने, त्यसको रूपान्तरण गर्ने तथा हस्तान्तरण गर्ने गतिविधिमा संलग्न रहेको आरोप छ।

अदालतको आदेशसँगै तुल्सा अधिकारीलाई अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि कारागार पठाइनेछ। मुद्दाको थप सुनुवाइ अदालतमा जारी रहनेछ।








