विगत ४ दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँ घटेको छ ।
आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य १ हजार १ सय रुपैयाँ घटेको हो ।
चाँदी आज तोलामा २२० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।













