सिन्धुपाल्चोक : न्यूज २४ टेलिभिजनका वरिष्ठ संवाददाता जगन्नाथ दुलाल रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले साधारणसभाकाे अवसर पारेर पत्रकार दुलाललाई सम्मानसहित पुरस्कृत गरेकाे हाे ।
दुलालले यसअघि राष्ट्रपतिबाट उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए । संसदीय मामला र अदालत रिपोर्टिङ राख्ने पत्रकार दुलालले काराेबार दैनिक, बार्हखरी डट का, माउन्टेन टेलिभिजन, हिमालय टेलिभिजनमा वरिष्ठ संवाददाताका रूपमा काम गरिसकेका छन् ।

हाल उनी न्यूज २४ दैनिका राजनीति ब्यूराेमा वरिष्ठ संवाददाता र न्यूज २४ टेलिभिजनमा २४ टक नामक टक शाेका सञ्चालन हुन् । दुलाल मेलम्ची बाढीका बेला आफ्नै घरजग्गा खाेलाले बगाइरहेका बेला लाइभ रिपोर्टिङ गर्न पुगेका थिए । त्यतिबेला दुलाल न्यूज २४ टेलिभिजनमा कार्यरत थिए ।








