सिन्धुपाल्चोक, चैत १३ –अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्डको ‘इको भिर’ क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। यातायात ठप्प हुँदा स्थानीय र यात्रुहरू प्रभावित बनेका छन्।
यसैबीच, सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद भरत प्रसाद पराजुली ले समस्या समाधानका लागि सक्रियता देखाएका छन्। उनले सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण दत्त भट्टराई सँग सचिवालयमा भेटघाट गर्दै भोलिदेखि नै अवरुद्ध सडक खुलाउने कार्य सुरु गर्न निर्देशन दिएका हुन्।

सांसद पराजुलीले सडक सञ्चालनलाई तत्काल प्राथमिकतामा राख्न आग्रह गर्दै दीर्घकालीन समाधानका लागि समेत पहल गर्ने बताएका छन्। उनले उक्त सडक खण्डलाई अझ प्रभावकारी र सुरक्षित बनाउन आवश्यक थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।








