राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले संसदको सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्।दर्शनपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए।
‘हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौं भन्ने कामनाका साथ यहाँ आएका हौं,’ उनले भने।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहित सांसदहरू खुशबु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।
उनले आगामी दिनमा संसद्मार्फत हिन्दू राष्ट्र पुनर्स्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि स्पष्ट पारे। ‘यही संसद्बाट हिन्दू राष्ट्र स्थापना गर्ने हाम्रो अठोट छ,’ शाहीले भने।








