अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्ड कालोपत्र गर्न १४ दिन रातिको समयमा बन्द गरिने भएको छ।उक्त सडकखण्डमा कालोपत्र गर्न चैत ७ गतेदेखि २० गतेसम्म राति पूर्ण रूपमा बन्द गरिने भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए।
उनका अनुसार साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने सम्पूर्ण सवारी साधनलाई रोक लगाइएको हो। उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।’उक्त समय अवधिमा दिउँसो भने सवारी साधन चल्नेछन्,’ ।

त्यस्तै टिपर र ट्रकहरूलाई भने चैत ७ गतेदेखि २० गतेसम्म चौबिसै घन्टा रोक लगाइएको छ।













