बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १०.३० अंकले बढेर २६३८.६० विन्दुमा बन्द भएको छ।नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ४ अर्ब २३ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब ४५ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३३३ वटा धितोपत्रको एक करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच भएको हो। बुधबार १५७ कम्पनीको सेयरमूल्य बढेको छ भने ९० वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।














