मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा बन्द भएको छ।नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ५ अर्ब १३ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब २३ करोड रूपैयाँमा पुगेको छ। यसदिन ३२८ वटा धितोपत्रको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार २१३ कम्पनीको सेयरमूल्य बढेको छ भने ४२ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।













