सिन्धुपाल्चोक -पाँचपोखरी र मेलम्चीका युवा नेताहरू कांग्रेस प्रवेश, बंशलाल तामाङद्वारा स्वागत गरिएको छ पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. १ का २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट निर्वाचित पूर्व वडाध्यक्ष सूर्यमान दोङका छोरा तथा एमालेका युवा नेता सुवासमान दोङ र सोही वडाका युवा नेता कुमार तामाङले एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्।

यसैगरी मेलम्ची नगरपालिका वडा नं. ८ का सोनाम दोङले पनि एमाले त्याग्दै कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार बंशलाल तामाङ (सिन्धुपाल्चोक क्षेत्र नं. २) ले पार्टीमा स्वागत गरेका थिए। स्वागत कार्यक्रममा बोल्दै तामाङले युवाहरूको साथ र समर्थनले कांग्रेस अझ सशक्त बन्दै गएको बताए। उम्मेदवार तामाङ मैदानमा उत्रिएसँगै जिल्लामा कांग्रेस प्रवेश गर्ने युवाहरूको लहर बढिरहेको बताइएको छ। नवप्रवेशीहरूले बंशलाल तामाङलाई इमान्दार र विकासप्रेमी नेतृत्वका रूपमा चित्रण गर्दै उनको उम्मेदवारीप्रति विश्वास व्यक्त गरेका छन्।













