सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा बन्द भएको छ।नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड रूपैयाँमा पुगेको छ। यसदिन ३२९ वटा धितोपत्रको एक करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने १४० वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।













