मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा बन्द भएको छ।नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ७ अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ८ अर्ब ३६ करोड रूपैयाँमा पुगेको छ। यसदिन ३५४ वटा धितोपत्रको दुई करोड पाँच लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने २१४ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।














