हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये सोमबार बिहानसम्म पाँच जनाको सनाखत भएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो गाडी आइतबार साँझ सडकबाट १०० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार छ जनाको मृत्यु भएको थियो । उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा गएराति उपचारका क्रममा छ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।














