माइतीघर मण्डलामा अनशन बसेका निकोलस भुसालको स्वास्थ्यमा समस्या वीर अस्पताल पुर्याएको छ।९ दिनदेखि माइतीघरमा अनसन बसिरहेका भूसालको बुधबार दिउँसो स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याइएको हो।
उनलाई चिकित्सक संघका पहलमा उपचारका लागि लगिएको हो।भूसाललाई भर्ना गरेर स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको वीर अस्पतालका निर्देशक दिलिप शर्माले जानकारी दिए।

‘अस्पताल ल्याएको एक घन्टा भयो। भर्ना गरेर चेकजाँच भइरहेको छ,।













