काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ।उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो।बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो।
७७ वर्षीय उनको उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको सिभिल अस्पताल स्रोतले जानकारी दिएको छ। ‘उहाँलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन, अवस्था गम्भीर थियो। उपचार क्रममा आज मध्याह्न निधन भएको हो।














