सिन्धुपाल्चोक । जिल्लाको बलेफी बजारबाट सुरु हुने ‘बलेफी जलबिरे तेम्बाथान’ बैकल्पिक राष्ट्रिय राजमार्गको सुरु बिन्दु बलेफी बजारको सडक मापदण्ड अनुसार भत्काउन आवस्यक घर टहरा ब्यबस्थापन कार्यमा सहमती जुटेको छ ।
स्थानीय बासिन्दा, बलेफी गाउँपालिका, वडा नं ५, सडक डिभिजन कार्यालय चरिकोट र निर्माण कसम्पनीबिचको छलफलमा सहमती जुटेपछि बाटो विस्तारको काम सुरु भएको छ ।बलेफी बजार छिर्ने विन्दुदेखि ७ वटा टहरा र पक्कि घरहरुमा समेत ९ मिटर कायम गरी विस्तारको सहमती भएको बलेफी गाउँपालिका वडा नं ५ का कार्यबाहक अध्यक्ष नारायण खड्काले बताउनु भयो ।

सहमती अनुसार निर्माण पक्षले मापदण्ड अनुसार घट टहरा भत्काउने र बनाउने काम गर्ने छ । यसका स्थानीयले अबरोध गर्ने छैनन् ।कार्यबाहक अध्यक्ष नारायण खड्काले लामो समयदेखि रोकिएको बाटो विस्तारको गाँठो फुकाउन महत्वपूर्ण काम भएको सुनाए ।














