सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि खुलेको छ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो । यी समूहमा आईपीओ बाँडफाँटपछि मात्रै आम सर्वसाधारणका लागि निष्कासन हुनेछ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयका लागि १ करोड कित्ता सेयर छुट्याइएको छ । सोलुखुम्बुको दुधकुन्ड नगरपालिका ७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका १ का स्थानीयबासीलाई ४० लाख कित्ता, यी दुई पालिकाका ती वडाबाहेक अन्य वडालाई ६० लाख कित्ता सेयर छुट्याइएको छ ।
वैदेशिक रोजगारमा रहेकालाई १० लाख कित्ता सेयर छुट्याइएको छ । प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।













