बलात्कार मुद्दामा थुनामा रहेका मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झाको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।
शुक्रबार न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले यस मुद्दाको मिसिल झिकाउने आदेश दिएको हो।

अहिराजले आफूलाई पुर्पक्षमा राख्ने आदेश बदर गर्न माग गर्दै कात्तिक २३ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
यसअघि उनलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामै राख्ने आदेश गरेको थियो। उच्चले साउन १४ मा जिल्ला अदालत काठमाडौंकै आदेशलाई सदर गरेपछि अहिराज पुर्पक्षका लागि थुनामा पुगेका हुन्।





