आंशिक रुपमा खुलेको सवारी लाइसेन्सको आवेदन फेरि बन्द भएको छ। आज(शुक्रबार)यातायात व्यवस्था विभागको डेटा सेन्टरमा समस्या देखिएपछि फेरि लाइसेन्स सेवा अवरुद्ध भएको जानकारी दिएको हो।
सूचना जारी गर्दै विभागले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको जनाएको छ।

भदौ २३ र २४ भदौको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए। विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको थियो।





