धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जितपुर जाँदै गरेको प्रदेश १० २००१ ख ९६०६ नम्बरको बस धनकुटाको निगालेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा धनकुटा महालक्ष्मी-६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी-९ का ६० वर्षीय डील्ली बराल मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा धनकुटा-४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङ केरावारीकी-९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटा महालक्ष्मी-९ की ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी नगरपालिका-७ की ३३ वर्षीया श्रीजना जीमी, महालक्ष्मी नगरपालिका-८ की १७ वर्षीया खुसी लुंगेली, मोरङ गछियाकी ८ वर्षीया अंकिता खड्का घाइते भएका छन् ।






