भेपमार्फत ९ किलो सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

महराविरूद्ध भन्सार ऐन सम्बन्धी कसुर र संगठित अपराध कसुरमा मुद्दा दर्ता हुन लागेको हो। महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ।
२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ। उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ।













