स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार सात सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार बुधबार प्रतितोला दुई लाख २३ हजार रूपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला दुई लाख २१ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी बिहीबार प्रतितोला २६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













