त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुनसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार दिउँसो भन्सार क्षेत्रबाट करिब ८ सय ३५ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन्।
शंका लागेपछि उनको भिडिओ एक्सरे गरिएको थियो। मलद्वारमा तीन वटा डल्लोमा सुन राखेको खुलेपछि उनलाई नियन्त्रणमा लिएको छ।













