नेकपा (एमाले)का निलम्बित सचिव टोपबहादुर रायमाझी भागेको १४ दिनपछि कारागार फर्किएका छन् ।
जेन–जी आन्दोलनको मौका छोपेर २४ भदौमा सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका रायमाझी हिजो साँझ फर्किएका हुन् ।सोही प्रकरणमा फरार भएका पूर्व गृहसचिव टेकनारायण पाण्डे भने अझै फेला परेका छैनन् ।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।













