जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ । अहिले लैनचौरस्थित केशरमहलबाट अस्थायी रूपमा सो मन्त्रालयको सेवा प्रवाह भइरहेको छ ।
उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन् ।















