चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड आज दिउँसो २ घन्टा बन्द रहने भएको छ।
यस सडकखण्डको तुइनखोलामा खसेको पहिरो हटाउन दुई घन्टा सडक बन्द गर्न लागिएको हो।

थप पहिरो हटाएर सडक दुईतर्फी खुला गर्ने तयारी छ। त्यसैले जिल्ला प्रशासन कार्यालय चितवनको निर्णयअनुसार आज दिउँसो १ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द रहने सडक डिभिजन भरतपुरले जनाएको छ।
दुई घन्टा सवारी साधन रोकेर पहिरो हटाउन लागिएको हो।













