भाद्र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसर भित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु गरिएको छ। विभिन्न मन्त्रालय र कार्यालयमा गरी आगजनी गरिएको सयौं सवारी साधन नयाँबानेश्वर वीरेन्द्र सम्मेलन केन्द्रको परिसर भित्र राखिने भएको छ।
हाल ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय परिसरमा जलेका सवारी साधन हटाउने काम भइरहेको छ भने केही दिन भित्र सिंहदरबार भित्रको जलेका सम्पूर्ण सवारी साधन हटाउने मन्त्रालय स्रोतले जनाएको छ।














