जेन–जी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवाको गर्धनमाथि १२ वटा टाँका लगाइएको छ । सैनिक अस्पतालमा उपचाररत देउवाको अवस्था भने खतरामुक्त रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
उनले शुक्रबार भने, गर्धनमाथि गम्भीर चोट लागेको छ । १२ वटा टाँका लगाइएको छ । उठ्दा रिंगटा लाग्ने र धेरैबेर बोल्दा असहज हुने भएकाले केही दिन अस्पतालमा राखेर उपचार गर्ने डाक्टरको सल्लाह छ ।’














