काठमाडौं । नयाँ सरकार गठनसँगै देशभरको जनजीवन सामान्य बन्दै गएको छ। आन्दोलनका कारण जारी कर्फ्यु र निषेधाज्ञा हटाइएपछि आम नागरिक आ–आफ्नो पेसा व्यवसायमा फर्किएका छन्। युवा पुस्तासहित सम्पूर्ण जनतामा उत्साह र खुसियाली देखिएको छ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नारासहित अघि बढेको जेन–जी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो। शान्ति–सुरक्षाको अवस्था सामान्य रहँदा सरकारप्रति जनअपेक्षा उच्च बनेको छ।

जनताको चाहनाअनुरूप कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ।













