मुलुकमा जारी आन्दोलनका क्रममा बढ्दो अराजक गतिविधिलाई नियन्त्रण गर्न नेपाली सेनाले आमनागरिकलाई शान्ति सुरक्षा कायम राख्न सहकार्य गर्न आग्रह गरेको छ । सेनाले जारी गरेको विज्ञप्तिमा आन्दोलनकै नाममा तोडफोड, आगजनी, लुटपाट, बलात्कार प्रयासजस्ता आपराधिक गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।
सेनाका अनुसार विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै आज भाद्र २५ गते बेलुकी ५ बजेसम्म निषेधाज्ञा कायम रहनेछ भने त्यसपश्चात भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म देशभर कर्फ्यु आदेश लागू हुनेछ ।















