काठमाडौं– सरकारका प्रवक्ता तथा सूचना र सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा जेनजी पुस्ताका आन्दोलनकारीले तोडफोड गरी आगो झोसेका छन्।
ललितपुरको सुनाकोटीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए। प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका हुन्।














