काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ । यस अघि कांग्रेस पदाधिकारी बैठकमा आफूले नैतिकताका आधारमा राजिनामा दिने भन्दै निस्किएका थिए ।

जेनजी पुस्ताले सुरु गरेको आन्दोलन उग्र बनेपछि सोमबार बिहानदेखि देशभर तनाव फैलिएको थियो। मृत्युसंख्या बढ्दै गएपछि बढ्दो जनआक्रोश र राजनीतिक दबाबका कारण गृहमन्त्री लेखकले राजीनामा दिने निर्णय गरेका हुन्।
सोमबार जेनजी ले आयोजना गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ भने ३ सय ४७ जना घाइते भएका छन् ।













