राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
आज नयाँ बानेश्वरमा भएको आन्दोलनलाई दमन गरेर हिंसात्मक बनाएको आरोपसहित रास्वपाले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरमा रास्वपाले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जीले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनको कडा निन्दा गर्दै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन माग गरेको छ ।’













