सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।
फेसबुकलगायत सामाजिक सञ्जालहरू नेपालमा दर्ता गर्न सम्पर्कमा नआएकोले सरकारले बन्द गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन र दर्ता गर्न परमादेश दिएको थियो भने मन्त्रिपरिषद बैठकले पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयलाई सञ्चार मन्त्रालयले कार्यान्वयनमा लैजाने निर्णय गरेको सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङको सचिवालयले जानकारी दिएको छ।
मितिः २०८२।०५।१९
सम्मानित सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं. ०८०-CF ००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्वअनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामाग्रीहरुको मूल्याङ्कन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ।













