नेपाल प्रहरीले उपसभामुख इन्दिरा राना जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी घटनाको अनुसन्धान सुरू गरिएको छ ।
उपसभामुख इन्दिरा राना कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्था अवैधरूपमा बालबालिका ओसारपसारमा संलग्न रहेको एक सरकारी प्रतिवेदन सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

‘सार्वजनिक सरोकारको विषय पनि भएको हुँदा यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न र दोषी पहिचान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिइएको छ’, ।













