सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको समन्वयमा आ.व. २०८१/८२ को वार्षिक प्रगति समीक्षा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न संघ–संस्थाहरूले आफ्ना गतिविधिहरूको प्रगति विवरण प्रस्तुत गरेका छन्।
सोही अवसरमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी स्थानीय समिति पनि गठन गरिएको छ। गाउँपालिकाले यस समितिबाट समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्ने र जोखिम न्यूनीकरण गर्ने अपेक्षा राखेको छ।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, संघ–संस्था, शिक्षक, महिला समूह र स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।













