विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन्। र्याली माइतिघर देखि सुरु भई नयाँ बानेश्वर चोकसम्म पुगेर पुनः माइतीघर मण्डलामा फर्किँदै छ।

निजी विद्यालय सञ्चालक संस्थाले ५ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आफूहरूको अस्तित्व र योगदानलाई उपेक्षा गर्ने गरी विधेयकमा अव्यवहारिक र अन्यायपूर्ण प्रावधान राखिएको दाबी गर्दै तिनको खारेजी तथा संशोधनको माग गरेका छन्।













