काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।

प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको र डोजर परिचालन गरेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। सुख्खा माटो र ढुंगाको थुप्रो धेरै भएकाले सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ ।
सडक अवरुद्ध हूँदा काठमाडौंबाट दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका जाने सवारी रोकिएका छन भने आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् ।













