काठमाडौं । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ का ३४ वर्षीय कविराज कटुवाललाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा कटुवाललाई हेटौडाको एरियाबाट नियन्त्रणमा लिएको हो। उनी हाल काठमाडौंको सुकेधारामा बस्दै आएका थिए।

कटुवाल अनुचित लेनदेन मुद्दामा फरार प्रतिवादीको सूचीमा परेका थिए। पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।













