भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् ।
उनी आज बिहान विशेष जहाजमार्फत काठमाडौं आएका हुन् । उनी समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राईको निम्तोमा नेपाल भ्रमणमा आएका हुन् ।

उनी विमानस्थलबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिधै बालुवाटार जानेछन् । प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन बालुवाटार पुग्न लागेका हुन् ।
त्यसपछि शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने र त्यहाँबाट बूढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।













