काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जार अनुगमन तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमन तीव्र बनाएको हो ।
एक साता अवधिमा विभिन्न क्षेत्रमा गरिएको अनुगमन क्रममा मापदण्ड विपरीतका २ सय ७१ थान जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ । यस्तै महानगरले असार र साउन महिनामा गरी १ सय ३९ गाडीबाट ४ सय ५६ थान जार बरामद गरी नष्ट गरेको छ ।














