रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको कारागार बसाइको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली भैरहवा आएको छ ।
केही दिनयता कारागारको ब्लक नम्बर–४ मा रहेका रास्वपा सभापति लामिछानेको सुविधाको विषयमा समाचार आएपछि मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमन गरिएको हो ।

आयोगकी सदस्य लिली थापाले अनुगमनपछि भनिन्, ‘ रविको मात्रै होइन, अन्य कैदीबन्दीको पनि अवस्था खराब रहेछ, झ्यालको ढोका बन्द रहेछ, उनलाई बाहिर हिँडडुल गर्न पनि बन्द गरिएको रहेछ ।’













