सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन, खोजी गर्न प्रहरी परिचालन

सिन्धुलीमा एउटै घरबाट १६ जना हराएका छन्।

सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएका हुन्।

वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेर त्यसको जानकारी दिएका छन्।

उनले घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर