घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् । आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी राजीनामा दिएको उनले बताएका छन् ।
विगत केही दिनदेखि मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ,” गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको सिकार भएँ।” उनले प्रविधिको दुरुपयोग गरी आफूलाई जालमा पारिएको दाबी गर्दै घटनाको निष्कर्षसम्म पुग्न निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।














