रसुवामा बाढीले पुर्याएको क्षति विवरण संकलन गर्न समिति गठन भएको छ।
बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति, विपद व्यवस्थापन समितिको संयुक्त बैठकले समिति गठन गरेको हो।

गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन भएको हो।
यस समितिलाई जिल्ला सुरक्षा समितिले आवश्यक सहयोग, निर्देशन, समन्वय र सहजीकरण गर्ने पनि बैठकले निर्णय गरेको छ।













