सिन्धुपाल्चोक –लगातारको वर्षासँगै भोटेकोशी र सुनकोशी नदीमा बाढीको उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले नदी किनारका बासिन्दा र यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ।
प्रशासनले चीनको न्यालम क्षेत्रमा भइरहेको भारी वर्षाले नदीमा पानीको बहाव अत्यधिक बढ्न सक्ने जनाउँदै संभावित बाढीप्रति सचेत रहन सूचना जारी गरेको हो।

साथै, अरनिको राजमार्गको बन्दैउदेखि लिपिङसम्म सवारी चलाउँदा विशेष सावधानी अपनाउन समेत आग्रह गरिएको छ।














