काठमाडौँ- चीनतर्फको भारी वर्षापछि भोटेकोशी नदीमा आएको एक्कासि बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। साथै, रसुवागढी भन्सार नजिक पार्किङमा रहेका १०० भन्दा बढी मालबाहक गाडीहरू बगाएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो।

नदी किनारको ड्राइपोर्ट पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने पुल बगेसँगै स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।केही व्यक्तिहरू बग्न सक्ने आशंका गरिएको छ, तर यसबारे अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन।
खोज तथा उद्धार कार्य जारी छ।













