काठमाडौँ । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी श्रेष्ठको शुक्रबार निधन भएको हो ।
केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको पारिवारिक श्रोतले बताएको छ । ‘मेरी बास्सै’ सिरियलमा लक्ष्मीले खड्काजीको श्रीमती (अप्सरा आमा) को छुच्चो पात्रको भूमिकामा अभिनय गरेकी थिइन्।

स्तन क्यान्सर लगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्। कलाकारितामा लामो समय बिताएकी लक्ष्मीले ‘जिरे खुर्सानी’ ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन्।




