गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३ वर्षीय राईलाई पक्राउ गरेको हो।
साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार, चौहानको जाहेरीका आधारमा उनलाई बुधबार नियन्त्रणमा लिइएको हो। राईमाथि आवश्यक अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

राईले चौहानका सामाजिक सञ्जालमा अपलोड गरिएका तस्विर, भिडियोमाथि नकरात्मक टिकाटिप्पणी गर्ने गरेका थिए । सो विषय सामाजिक सञ्जालमा अपलोड गरेपछि राईले निरन्तर सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्ने गरेका थिए ।
आफूमाथि गरिएको अभद्र व्यवहारको विरोध गर्दै चौहानले यस्तो प्रवृत्तिविरुद्ध आफू कानुनी बाटो अपनाउने बताउँदै आएकी थिइन् ।













